राजनीति
नेपाली कम्युनिस्ट आन्दोलनका नेता तथा राजनीतिक बिश्लेषक राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन ।
आज दिउसो बाटोमा हिडीरहेकै अवस्थामा बिना जानकारी गिरफ्तारी गरीएको पारिवारिक स्रोतले जनाएको छ । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मन्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका छ्न ।
उनले एमसिसी बारेमा अघिल्लो हप्ता मात्र एक कार्यक्रम सम्पन्न गरेका थिए । लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन् । बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका हुन । उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । हालै मात्र हिरासत बाट मुक्त भएर तारीख खेपिरहेका छन ।
उनलाई केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको पारिवारिक श्रोतले राजनिती सगको बताएको छ । लोहनीलाई सोमबार दिउसो चितवनबाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको बुझिएको छ ।