logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्री एयरलाईन्सको ८० सिट क्षमताको श्रीका जेट इन्जिन जहाजले पोखरामा परीक्षण उडान भरे


  • आश तमु
  • मंगलबार, माघ ७ २०७६

पोखरा- श्री एयरलाईन्सले पोखरामा सोमबार श्रीका जेट इन्जिन जहाजले परीक्षण उडान भरेको छ । ८० सिट क्षमताको (क्यू ४००) जहाजबाट एयरलाईन्सले सोमबार दिउँसो साढे २ बजे सफल परीक्षण उडान गरेको हो ।

श्रीले नेपाल नागरकि उड्यनका प्राविधिक र कम्पनीका करिब १८ जना लिएर आएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुबेदीले जानकारी दिए । कम्पनीले पोखरामा परीक्षण उडान सफल भए पछि छिट्टै ब्यवसायिक उडान गर्ने जनाएको छ ।

विगत ६ महिनाअघि साना एयरपोर्टमा सेवा दिने उद्देश्यले जहाज ल्याए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएपछि श्रीका जेट इन्जिन जहाजले उडिरहेकै गन्तव्यमा सेवा दिँदै आएका थिए ।

पोखरामा उडानका लागि नियमित उडानको लागि भने सफल परीक्षण उडान गरेको रिपोर्ट बुझाए पछि मात्रै प्राधिकरणले अनुमति दिने छन् ।

तस्विर : महेन्द्र भण्डारीको फेसबुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार