राजनीति
सत्तारूढ दल नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीका बिषक्षमा बोल्नेहरुको रकम दिएर मुख थुन्ने काम भइरहेको बताएका छन् । काठमाडौंका सोल्टी होटलमा अघोषित एमसिसिको कार्यालय रहेको र त्यहाँबाट मुख थुन्ने काम भएको उनले आरोप लगाएका छन् ।
‘सोल्टी दरवारबाट एमसीसीको कार्यालय चलिरहेको छ, त्यहाँबाट एमसीसीका बिरुद्ध बोल्नेहरुको मुख थुनिन थालेको छ’ बुधवार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको सी जिङपिङ द गभरनेन्स अफ चाइना पुस्तकको विमोचन कार्यक्रममा पोखरेलले भने ‘एमसीसी बिरोधीहरुको मुख थुन्नकै लागि करिव १८ अर्ब रकम खर्च गरिएको सुचना छ ।’
एमसीसी परियोजनाका बिषयमा लामो समयदेखि आफ्नो बिचार राख्दै आएका पोखरेलले एमसीसी राष्ट्रघाती परियोजना भएको दावी गरेका छन् । ‘एमसीसीसँग नेपालका कुनै आन्तरिक कानुन बाधक भए ति कानुनहरु स्वतः खारेज हुने नियम छ’ पोखरेलले भने ‘एमसीसी परियोजना नेपालका कुन प्रोजेक्टमा खर्च हुँदैछ, त्यसको डिपीआर मलाई कसैले दिन सक्छ ।’ उनले डिपीआर नै अर्बाै बजेट भित्राउनु खोज्नुमै खोट रहेको टिप्पनी गरे ।
एमसीसी लागु भए अमेरिकी नागरिक नेपाल आउने र उनीहरुले जधन्य अपराध गरे नेपालको कानुनअनुसार कारवाही गर्न नपाउने अर्काे खतरनाक सर्त रहेको पोखरेलले दावी गरे । उनले जतिसुकै राम्रो चर्चा गरिएपछि एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग भएको बताए । ‘एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग भएको कुरा मैले भनिरहनु पर्दैन । यो कुरा अमेरिकाका दुई पूर्वमन्त्री र राजदूतले बताइन सकेका छन् ।’
एमसीसी परियोजना भारतले पनि लागू गरेको तर भारतसँग कुनै पनि सर्त नराखिएको पोखरेलले बताए । ‘भारतमा १८ खर्ब भन्दा बढीका परियोजना सञ्चालनमा छन् तर त्यहाँ कुनैपनि सर्तहरु राखिएका छैनन्’ पोखरेलले भने ।
चिनिया राष्ट्रपति सी जिङपिङले नेपालसँग रेलको कनेक्टीभिटी जोड्ने घोषणा गरिसकेका छन् । चिनिया रेल नेपाल आउन नदिन एमसीसी नेपालमा लागू गर्न लागिएको बताए । ‘तपाईहरु हेर्नुहोस्, जहाँबाट चिनिया रेल नेपाल आउने हो र लुम्बिनीसम्म पुग्ने हो । त्यही स्थानमा बिद्युतको ट्रान्समिटर लाइन तान्न थालिएको छ’ पोखरेलले भने ‘एमसीसी लागू भए चिनिया रेल नेपाल आउन कठिन छ ।’उनले भने ।