राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका युवा नेता तथा चर्चित जीवन प्रशिक्षक नर वहादुर कार्किले बर्तमान राज्य ब्यबस्थाले महिलाहरुलाइ हास्यास्पद ढंगले प्रयाेग मात्रै गरेको बताएका छन ।
उनले नेपाली महिला हरु पुरुष समाज र ब्यबस्थाकाे मनाेरन्जन तथा जाेक काे रुपमा मात्रै लिएको दावी गरेका छन् । उनी भन्छन् ‘निर्मलादेखि तुम्बाहाफे सम्मको काहानी के हो भने- यहाँ मनोरन्जनको लागि महिला उछालिन्छन पछारिन्छन- अन्तमा हाम्रो पार्टी जिन्दावाद हुन्छ ! यो मुक्ती खोज्ने देश होइन- मनोरन्जन खोज्छ, जोक खोज्छ ।’
सामाजिक सन्जाल फेसबुक मार्फत उनले निर्मला पन्त देखि उपसभामुख तुम्बाहाफे सम्म राजनीतिक आवरणमा मनाेरन्जन र ब्यबस्थाकाे वितासिताकाे साधन भएको भन्दै भनेको छन् ‘नपत्या ये सम्झिनुस् रोसनि, आस्था, लाइफ ड्यामेजको दुलही, पुडासैनिकी प्रेमिका, बमजन र सिद्द बाबा कि पीडित, अश्लील काण्डका महामारिमा परेका चेली अनी आत्मादाह गरेका युवती । यहाँ डलर आउने गरी महिला बेच्न, अरुका छोरीलाई नाङै हेर्न र तिनलाई बेचेर अधिकारवादी बन्न सिवाय अरु कुनै प्रायोजन छैन’ ।
उनले पुजिवाद तथा कथित आधुनिकता महिला काे निम्ति अभिसाव सावित भएकाे तर्क गर्दै लेखेका छन ‘नेपाली मात्र होइन विश्वभरिका महिलाको निम्ती आधुनिकता झन ठुलो अभिसाप हुँदै गएको छ । दु:खको कुरा के भने- उनिहरुका मुद्दा होलसेलमा जिम्मा लिएको कथित लोकतन्त्र र मानविय सहायता नाम गरेका झेली हरु- रुपान्तरणका बैरी भएका छन । बेचिन बन्द गर यदी मुक्त्तिको सवाल हो भने । लखेट ढोङी र गरीविको कथा बेचेर आफ्नो पेट पाल्ने हरुलाई ।
हेर्नुस् स्टाटस