logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस निल, कस्ले कहाँबाट जिते ? हेर्नुस्


  • राजनीति
  • शुक्रबार, माघ १० २०७६

kf]v/f,( df3M lgjf{lrt >]i7 / Gof}kfg] /fli6«o;ef ;b:o kbsf nflu laxLaf/ ePsf] lgjf{rgdf lgjf{lrt x'g' ePkl5 lgjf{rg cfof]un] k|bfg u/]sf] k|df0fkqsf ;fydf gf/fo0fsfhL >]i7 / eujtL Gof}kfg] . t:jL/M /flwsf s+8]n÷/f;;

राष्ट्रिय सभाको १८ सिटका लागि भएको चुनावमा सत्तारूढ नेकपाले १६ सिट हात पारेको छ । नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ ।

अब ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनित गर्ने तीन जनाबाहेक ४७ जना नेकपा सांसद भएका छन्। थोरै संख्याको कमीले प्रतिनिधिसभामा दुई तिहाइ पुग्न चुकेको सत्तारूढ दल नेकपाले माथिल्लो सदनमा भने दुई तिहाइभन्दा पनि बढी संख्या बनाएको छ।

पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ मा उनी बाबुराम भट्टराईसँग पराजित भएका थिए। राष्ट्रिय सभामा निर्वाचित भएका नेताहरूमा पार्टीको नेतृत्व पंक्तिमा रहेका हिसबाले श्रेष्ठ ‘हाइप्रोपाइल’ हुन्।

नयाँ निर्वाचितले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन्। राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेस १३ संख्याबाट ६ जनामा खुम्चिएको छ। नेकपासँग गठबन्धन गरेर राजपा भने आफ्नो दुई सिट जोगाउन सफल भएको छ। समाजवादीले आफ्नो दुई सिटमध्ये एक गुमाएको छ। कांग्रेसले गुमाएको ७ र समाजवादीको १ गरी राष्ट्रिय सभामा साविकको भन्दा ८ सिट नेकपाले बढोत्तरी गरेको छ।

प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट प्रदेशगत रूपमा राष्ट्रिय सभा सदस्य चुनिन्छन्। सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये बिहीबारको मतदानमा ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्।

प्रदेश २ बाहेक अन्य प्रदेशमा सहज बहुमतमा रहेको नेकपा प्रदेश २ मा राजपासँग गठबन्धन गरेपछि त्यहाँ पनि बहुमतमा पुगेको हो। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ। प्रदेशगत रूपमा यस पटक प्रत्येक क्लस्टरबाट १/१ जना मात्रै निर्वाचित हुने भएपछि बढी मत ल्याउने व्यक्ति विजयी भएका हुन्। २०७४ मा भएको निर्वाचनमा महिला र अन्य समूहबाट ३/३ जनाको चुनिँदा एकल संक्रमणीय विधि अपनाइएको थियो। त्यसको लाभ कांग्रेसले पाएको थियो।

गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण नेकपाका ८ जना सांसदहरू कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटी आगामी फागुन २० गतेदेखि बिदा हुनेछन्। त्यस्तै कांग्रेसका ७ जना दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डे पनि बिदा हुँदै छन्।

राजपका २ जना रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका दुईमध्ये रामपृत पासवनाको कार्यकाल पूरा भएर बिदा हुनेछन्। कार्यकाल सकिन थालेका मध्ये कोही पनि नयाँ निर्वाचनबाट दोहरिएका छैनन्। विजयी भएका नयाँ सदस्यको कार्यकाल ६ वर्षको हुनेछ।

राष्ट्रिय सभा सदस्यमा विजयीहरूः
प्रदेश १:
इन्दिरा गौतम (नेकपा)
गोपी अछामी (नेकपा)
देवेन्द्र दाहाल (नेकपा)
प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी
प्रदेश २:
तुलसा दाहाल (नेकपा)
राधेश्याम पासवान (नेकपा)
मृगेन्द्रसिंह यादव (राजपा)
शेखर सिंह (राजपा)
प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी दाहाल विजयी
वागमती प्रदेश:
गंगा बेल्वासे (नेकपा)
वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेश:
भगवती न्यौपाने (नेकपा)
नारायणकाजी श्रेष्ठ (नेकपा)
राष्ट्रियसभामा गण्डकीबाट श्रेष्ठ र न्यौपाने निर्वाचित
प्रदेश ५:
विमला घिमिरे (नेकपा)
गोपाल भट्टराई (नेकपा)
जगप्रसाद शर्मा (नेकपा)
प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी
कर्णाली प्रदेश:
सुमित्रा बीसी (नेकपा)
मायाप्रसाद आचार्य (नेकपा)
राष्ट्रियसभामा कर्णालीबाट नेकपाका दुवै उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेश:
तारामान स्वाँर (नेकपा)
शारदा भट्ट (नेकपा )
सुदूरपश्चिमबाट स्वाँर र भट्ट निर्वाचित

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार