logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सदनबाट एमसिसी पारित गरे जवाफी फायर खाेल्छाै : नेता पुन


  • राजनीति
  • शुक्रबार, माघ १० २०७६

विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले लाद्न लागेको एमसीसी सम्झौता संसदबाट  पारित गरेर लागू गरिएमा  जवाफि फायर खाेल्न बाध्य हुने चेतावनी लिएका छन् ।

नेता पुनले  सुदुर पश्चिम काे FM रेडियो मालिकासंग कुरा गर्प्रदै अमेरिकी साम्राज्यवाद र तिनका मतियार काे याेजनामा देश बर्वादी काे दिसामा लैजाने याेजना सफल यअयढणढयहुन नदिने ठाेकुवा गर्दै भनेे शासकहरुले यदि संसदबाट एमसिसि पारित गरे र लागू गर्न खाेजे राष्ट्रवादी शक्ति हरु सहित राष्ट्रिय प्रतिरोध  सङ्घर्ष अघि बढाउने बताए ।

नेपाल लाई गुलामहरुकाे देश बनाएर केही अर्व ले खल्ति भर्ने शासकको याेजाना सफल नहुने बताए । उनले एमसिसि बिकासकाे आवरणमा आउने एक आतंककारी सैन्य रणनीति भएको दावि समेत गरे ।

उनले भने  अमेरिकी सरकारका तर्फबाट नेपालमा लागू गर्न खोजिएको Millennium Challange Corporation (MCC) का बारेमा हाम्रो पार्टीले पहिले नै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ र यसका विरुद्धको चरणबद्ध सङ्घर्षका कार्यक्रमहरू पनि गर्दै आएको छ । यो सम्झौता हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको र त्यसलाई सैन्य आर्थिक प्याकेजका रूपमा नेपालमा लागू गर्न थालिएको कुरा प्रस्ट भइसकेको छ ।’

अमेरिकी सेना नेपाल भित्र्याउने र चिनलाइ घेराबन्दी गर्न साम्राज्यवादहरुले चालेको कुटिल चाल हाे यसले कसरी सडक र बिजुलि मात्रै आउँछ नेपाल रणभुमि बन्छ भन्ने कुरा शासकले नबुझेकाे हाेइन उनिहरु केही अर्वमा बेचिएका छन् ।

केही  समय अगाडि पार्टीको सेती–महाकाली ब्युरोले सुदूरपश्चिम प्रदेश सरकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका नेता पुनले  यो सम्झौता पारित नगर्न र लागू नगर्न कडा चेतावनी दिएको हुन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार