हिजाे मात्रै सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।
उनी ओम गौरा होस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका छन् ।