राजनीति
पुर्व प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितलाई सर्वोपरि ठानेर संसदबाट अनुमोदन गर्न सकिने संकेत गरेका छन् ।
शुक्रबार नवलपुरमा पार्टी नेता तथा कार्यकर्तालाई संबोधन गर्दै प्रचण्डले अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद उत्पन्न भएको भन्दै अमेरिकासँ पुनः संवाद गरेर अगाडी बढ्न सकिने जनाएका हुन् ।
राष्ट्रिय हितलाई ध्यानमा राखेर पार्टी सचिवालयमा कुरा हुने र त्यसैको स्पिरिडमा काम हुने भन्दै प्रचण्डले अमेरिकी दुतावासले दिएको १० बुँदे स्पष्ठिकरणको बारेमा समेत विचार गरेर काम अगाडी बढ्ने जनाका हुन् । यस्तै, उनले भने, ‘आजभोलि फेसबुकको जमाना छ, भएका नभएको विवाद पनि भयो भनेर फिल्डमा काम गर्ने तपाईहरुलाई कन्फ्यूज बनाउने षड्यन्त्र भएका छन् । यसप्रति सतर्क रहनु होला, हाम्रो पार्टी एकतावद्ध छ र रहनेछ ।’