logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अदालतबाटै पुन: पक्राउ भइन् नेतृ उमा भुजेल


  • राजनीति
  • शुक्रबार, माघ १० २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची कोशी ब्युरो ईन्चार्ज उमा भुजेल शिलु र कार्यालय सचिव सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेलको एकल इजलासले भुजेल र पौडेललाई १०-१० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै दुवै जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । भुजेल र पौडेल गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तारमा परेका थिए ।

दुबैजनालाई झापा लैजाने तयारी गरिएको छ । उनीहरुको बिरुद्ध झापामा अर्को मुद्धा रहेकाले त्यतै पठाउने तयारी भएकाे बुझिएकाे छ प्रतिबन्ध यता नेकपाका नृता कार्यकर्ता माथि अनावश्यक दमन भइरहेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार