logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एमसिसी सरकारले अस्विकार गर्छ : गृहमन्त्री थापा


  • राजनीति
  • शुक्रबार, माघ १० २०७६

बर्तमान सरकारका गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकारले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत पुगेका मन्त्री थापाले नेकपा पार्टी कार्यालमा भएको राष्ट्रिय सभामा बिहीबार बिजय भएका नेकपाका उम्मेद्वारलाई बधाई कार्यक्रममा  यस्तो बताएका हुन।

उनले नेकपाको स्थायी कमिटिको केहिदिन पहिला बसेकको बैठकले एमसीसीको बिषयमा आधिकारिक धारण बनाएको भन्दै सरकारले समेत पार्टीको आधिकारिक धारणा मान्ने बताए । उनले अमेरिकाले बारम्बार फरक अभिव्यक्ति दिएका कारण नेपाल सरकारले एकिन धारणा नआउँदासम्म कुनै सम्झौता नमान्ने बताए । उनले यो बिषय संसदमा प्रवेश गरेको भन्दै अबको टुगोँ संसदले गर्ने बताए।

एमसीसीबारे सत्तारुढ दल नेकपा भित्रै विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई एमसीसीको विरोधमा नबोल्न ह्वीप नै जारी गरेका थिए। तर, गृहमन्त्री थापाले प्रधानमन्त्रीको यस्तो ह्वीपको अवज्ञा गर्दै एमसीसीको विरोधमा बोलेका हुन्।

उता नेपाल र भारतबीच लिपियाधुरादेखि लिपुलेकसम्मको करिब ४ सय बर्ग मिटरको क्षेत्रफललाई लिएर केहि बिवाद भएको भन्दै कालापानीबाट भारतीय सेना फिर्ता नहुँदासम्म कुनै किसिमको बार्ता नगरीने समेत जनाए । उनले भारतमा भाजपा र नेपालमा नेकपाको स्थायी सरकार भएको भन्दै दुबै सरकारले चासो दिएर यो मुद्दा समयमै समाधान गरीनु पर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार