logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गोरखामा विप्लव नेकपाका दुई कार्यकर्ता प्रकाउ


  • राजनीति
  • शनिबार, माघ ११ २०७६

गोरखा- नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले आज पक्राउ गरेको छ।

शुक्रबार साँझ गोरखा नगरपालिका १० बिरिन्चोकबाट गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीद लखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले जनाए ।

४८ वर्षीय पन्त विप्लव नेतृत्व माओवादीका किसान संगठनका पूर्वप्रमुख र ६७ वर्षीय रिजाल पूर्वजिल्ला जनपरिषद प्रमुख हुन्। गोरखा प्रहरीले उनीहरूलाई दुवैलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार