logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भट्टराईद्वारा ६ करोडका योजना सार्वजनिक,असन्तुष्ट रानाले च्याते माइनट


  • आश तमु
  • शनिबार, माघ ११ २०७६

पोखरा – नेकपा सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमका योजना सार्वजनिक गरेकी छन।

पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी भट्टराईले कुल ६ करोड रुपैयाँ लागत लाग्नेगरी ३६ वटा योजना सार्वजनिक गरिन् । सार्वजनिक गरेका योजनामा अधिकांस सडक, पुल लगायतका योजना छन् ।

यता सोही क्षेत्रका राष्ट्रिय सभा सदस्य विन्दादेवी रानाले भने भट्टराईले सार्वजनिक गरेको योजनामा आफ्नो सहमति नभएको बताएकी छन। केही दिन अघि मात्र पोखरामै पत्रकार सम्मेलन गरी भट्टराईले राजनीतिक संस्कार नदेखाएको र एकलौटी रुपमा आफ्नो झै गरेको भनी बताएकी थिइन। विद्याजीले बैठकमा बोलाएर कुनै साना साना दुई योजना दिनुस पारिदिउला भनी अपमान ढङ्गले प्रस्ताव राखेको बताए।

यता, भट्टराईले भने राष्ट्रिय सभा सदस्य रानाले हस्ताक्षर गर्छु भनी माइन्युट मागेर चातेर सस्कार नदेखाएको बताए। उनले भने उहाँ म भन्दा अनुभुवी पनि हुनुहुन्छ मेरो श्रीमान सङगै काम गरेकोले मैले पनि सम्मान गरेकी थिए, तर उहाले हस्ताक्षर गर्छु भनी माइनट नै च्यातिदिनु भयो।”

राष्ट्रिय सभा सदस्य रानाको म्याद एक महिना बाँकी छ । उनको ठाउँमा नेकपाका भगवती न्यौपाने निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार