logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अमेरिकामा लुकेकी उपमेयर नेपाली भनिन् ‘म त बिमारी छु, यतै मर्छु होला’


  • राजनीति
  • शनिबार, माघ ११ २०७६

भर्खरै मात्र राष्ट्रिय सभा सदस्यको निर्वाचन सकिएको छ । यहि वरीपरी एक उपमेयरको चर्चा चल्यो । उनि हुन दन्ता नेपाली दर्शना ।

अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले बिमारी भएर नेपाल आउन नसकेको बताएकी छिन् । नेपालीका भाइ कविराज नेपालीले पनि दन्ता जनवरी अन्तिममा नेपाल आउने कुरा गरेको बताए । दन्ता अमेरिकामै लुकेको खबर बाहिरिएपछि कविराजले त्यसको खण्डन गरेका छन् । उनले भने, ‘२०१८ मा डिभी परेको हो उहाँको, डिभी पर्दा त जानुभएन भने अहिले किन उतै बस्न चाहनुहुन्थ्यो र ’

बिहीबार बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय सभा सदस्यका लागि भएको मतदानमा नेपाली भोट खसाल्न नआएपछि दन्ताबारे खोजीनिती शुरू भएको थियो।

नगरपालिकाका अरू जनप्रतिनिधि र परिवारसँग भने उनले आफू बिरामी परेको बताएकी थिइन् । एक सातादेखि भने उनीसँग कसैको पनि सम्पर्क भएको छैन।

तिलागुफा ४ का वडाध्यक्ष खड्कराज शाहीले नेपालीसँग निरन्तर सम्पर्क गरिरहेका थिए। सुरूमा उनले म्यासेन्जरमा आफ्नो ढाडको नसा च्यापिएर नेपाल आउन नसकेको बताएकी थिइन् । ‘दाइ मेरो ढाडको नसा दुखेर न बस्न मिल्छ न पल्टिन। म त मर्छु होला, नेपालमै मर्न मन थियो तर के गर्ने प्लेनमा बस्न पनि सक्दिनँ भन्नुभएको थियो,’ शाहीले भने ।

दन्ता नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी थिइन् । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्रबाटै उमेदवार भइ निर्वाचित हुन् ।

तस्वीर उनको फेसबुक बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार