पोखरा – पोखरा १० शिव चोकमा एक जना मृ त फेला परेका छन् । कास्की माछापुच्छ्रे गाउँपालिका १ भुजुङखोला घर भई हाल पोखरा महानगरपालिका १० शिबचोक बस्ने ४५ बर्षिय पंचबहादुर तामाङ आफ्नै डेराको कोठामा सुतेको अवस्थामा मृ त फेला परेका हुन् । शनिबार विहान श्रीमतीले उठाउन खोज्दा नउठे पछि चेक जाँचको लागि पश्चिम क्षेत्रिय अस्पताल लगेका थिए ।
अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेको गण्डकी प्रदेश पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।