logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

गुरुङ चलचित्र “ङ्हेल्स्यो”(सैना) को फस्ट लुक पोष्टर सार्वजनिक


  • आश तमु
  • आइतबार, माघ १२ २०७६

पोखरा- पाइला फिल्मस प्रा.लि. पोखराको पाँचौ प्रस्तुति गुरुङ चलचित्र “ङ्हेल्स्यो” (सैना) को एक कार्यक्रम बीच फस्ट लुक पोष्टर सार्वजनिक गरेको छ  फस्ट लुक पोष्टर सार्वजनिक सँगै निर्माता कलाकार लगाएत युनिट टोली सबैलाई सम्मान गरेका छन् ।

यस चलचित्रका कार्यकारी निर्माता मिलन क्रोम्छें तमुको ममतामयी वयोवृद्धा आमा नरकुमारी गुरुङले  दीप प्रज्वलन गरि कार्यक्रम औपचारिक उद्घाटन गरेका थिए ।

ङ्हेल्स्योको कथा लेखन तथा निर्देशन माओत्सेतुङ गुरुङ (पर्वत) ले गुरुङ चलचित्र निर्माण हुन लागेको २५ औ वर्ष पुग्न लाग्दा पनि यसको व्यापारीक अवस्था भने निकै नाजुक भएको भन्दै दुख पोखेका छन  । गुरुङ चलचित्र निर्माण गरिसके पछी यसको व्यापारीक प्रायोजनमा भने अहिले सम्म सुधार हुन नसकेको उनले बताए । उनले जो व्यक्तिले चलचित्रमा लगानी गर्छ उनैले भनेको स्थानमा छायांकन गर्नु पर्ने बाध्यता भएको कारण चलचित्रलाई व्यापकता गराउन नसकेको र अन्य क्षेत्र र सामुदायले पनि चासो नदिने गरेको बताए ।

चलचित्र निर्माण पछी निर्माता लगाएत युनिट टोली नै टिकट बोकेर घर दैलो नै पुग्नु पर्ने बाध्यता रहेको भन्दै अब गुरुङ चलचित्रलाई पनि अन्य क्षेत्रका मानिस र समुदायले पनि आफ्नो हो भन्ने बनाउन फरक ढंगले सोचिने उनले बताए ।

ले.कर्ण प्रसाद गुरुङ (यूके), पान कुमारी गुरुङ (प्रेणा) (यूके), देब कुमारी गुरुङ (हङकङ) साथै पोखराबाट कुमारी गुरुङ र तोल प्रसाद गुरुङको संयुक्त लगानीमा निर्माण भएको ङ्हेल्स्योको कथा लेखन तथा निर्देशन माओत्सेतुङ गुरुङ (पर्वत) ले गरेका हुन ।

मनोज गुरुङको शब्द संगीत रहेको गीतहरूमा मिलन अमात्य नेवारले स्वर दिएको छ भने एरेन्जरमा तेजेन्द्र गुरुङ रहेको छ ।
यसैगरी ङ्हेल्स्योमा अभिनेताको रुपमा थमन गुरुङ, मिलन गुरुङ, अभिनेत्रीमा देब कुमारी गुरुङ, कुमारी गुरुङ रहेका छ्न भने चलचित्रलाई अर्जुन गुरुङले मुख्य सह-निर्देशन र महेन्द्र गुरुङ (ईश्वर) ले सह निर्देशन गरेका छ्न ।

पाइलाका अध्यक्ष प्रदिप कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको ङ्हेल्स्योको Clap End पार्टीमा जिफानका अध्यक्ष भोज बहादुर गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरु, पैयुँखोला तमु समाज पोखराका अध्यक्ष बल बहादुर गुरुङ लगायत कार्यसमिति, महिला कार्यसमिति, तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी गुरुङ, केन्द्रिय महिला समितिका अध्यक्ष पुष्पा गुरुङ, जिल्ला महिला समिति कास्कीका प्रतिनिधिहरु, चारभन्ज्याङ तमु समाजका अध्यक्ष, चित्रेली तमु समाजका अध्यक्ष, कालाबाङ घडेरीका अध्यक्ष लगायत विशेष आमन्त्रित व्यक्तित्वहरुको उपस्थिति रहेका थिए भने कार्यक्रमलाई पाइलाका प्रोडक्सन मेनेजर एवं ङ्हेल्स्योका निर्माण नियन्त्रक आश गुरुङले औपचारिक सञ्चालन गरेका थिए ।

पोखरा आसपास ४०% र पर्वत महाशिला गा.पा. बालाकोटमा ६०% छायांकन गरिएको यो चलचित्रको मुख्य आकर्षणको भुमिकामा नायक विश्वात्म गुरुङ (सिसिमनु), नायिका स्नेहा गुरुङ र बन्दना घर्तिमगर रहेका छ्न भने सुशान गुरुङ “प्वाँखे” ले सहयोगी भुमिका निभाएका  छन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार