logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कमलालाई हेर्न पोखरा महोत्सवमा दर्शकहरुको भिड : साँझ मेलिना राई र अनुप्रस्थाको प्रस्तुती


  • आश तमु
  • आइतबार, माघ १२ २०७६

पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरेलाई हेर्न भनी पोखरा महोत्सवमा दर्शकहरुको भिड नै लागेको छ । गत महिना पुस २९ गते वाट जारी महोत्सवको अन्तिम दिन कमला घिमिरे,प्रिन्सि लम्सालले आफ्नो प्रस्तुति दिने छन ।

अन्य दिनको तुलनामा महोत्सवको अन्तिम दिन दोहोरी हेर्न भनी आउने दर्शकको भीड रहेको आयोजकले बताएका छन्। टिकट घर देखी प्रवेश द्द्वारमा खटिएका स्वयमसेवकहरुलाई दर्शकको भीड लाई मिलाउन हम्मे हम्मे परेको छ ।

घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसैगरी संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती रहने छभने सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुती रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार