पोखरा – बचत तथा ऋण सहकारी संघमा निर्वाचित अध्यक्ष परितोश पौडेललाइ कास्की बचत तथा ऋण सहकारी संघले एक कार्यक्रम बीच पोखरामा सम्मान गरेको छ ।
यहि पुस ४ र ५ गते काठमाडौमा सम्पन्न साधारणसभाबाट बचत तथा ऋण सहकारी संघमा त पौडेल सहित नया कार्य समिती निर्वाचि भएको थियो । सहकारी अभियानमा 2 दशक देखी निरन्तर लागी रहनु भएका पौडेलले सो अबसरमा बर्तमान निति नियमले सहकारीको बिकास सम्भव नहुने हुदाँ आफु यसको परिवर्तनको लागी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन ।
उनले अब सहकारी आफै बलियो भएर मात्र चुनौती सङ्ग सामना गर्न सकिन्छ भन्दै उन्ले सहकारी अर्ब भन्दा ठुलो बनाउन जोड दिए । सहकारी लाइ सबल बनाउन सके मात्र मुलुकमा यस्को योगदान देखिने चर्चा गर्दै पौडेलले त्यस तर्फ ध्यान दिन आग्रह गरे । सो अबसरमा बचत तथा ऋण सहकारी संघ कास्की का अध्यक्ष भेष राज बराल सचिब इश्वर सुबेदी लगायतले आफ्ना भनाईहरु राखेका थिए।