राजनीति
राैतहट स्थित रौतहट चन्दपुर नगर्पालिका वडा न.2 जुडिबेला मा रहेकाे एनसेेेलकाे टावरमाथि बम प्रहार गरि आगजनी गरिएको छ । आइतबार राति ११:२५ मा उक्त टावरमाथि आक्रमण भएको बुझिएकाे छ ।
आगजनी बाट टावर पुर्ण रुपमा ध्वस्त भएको बताइएको छ। यसबारे थप विवरण आउन बाकि छ ।
यस्तै माेरङ्गकाे केराबारी २ स्थित रहेको एनसेल टावरमा आज साँझ बम बिष्फोट भएको छ । एनसेल टावरमा अज्ञात समुहले बम विष्फोट गरेको हो ।
बम विष्फोट पछि ठुलो आवाज आएको स्थानियले बताएका छन् । घटनास्थल तर्फ केराबारी प्रहरी टोली जादै गरेको जानकारी प्राप्त भएको छ । दुईदिन अघि मात्रै केराबारी गाँउपालिकाको कार्यालयमा आगजनी तथा बम विष्फोट भएको थियो ।
घटना कसले गर्यो ? कति क्षति भयो भन्ने यकिन भएको छैन । क्षति तथा घटनाको बारेमा थप विवरण आउन भने बाँकी छ