logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जुवाको खालबाट वडाध्यक्षसहित १६ जना जुवाडे प्रकाउ , २३ लाख नगद बरामद


  • राजनिती न्युज डेस्क
  • सोमबार, माघ १३ २०७६

धनगढी- १६ जना जुवाडेलाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ ।  विशेश सूचनाका आधारमा राती करिब १० बजे धनगढी उपमहानगरपालीका ३ मिलनचोकबाट  तिलक अधिकारीको घरमा छापामारी प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले छापा मारी जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

प्रहरी आएको थाहा पाएपछि जुवाडेको भाग दौड मच्‍चिएको थियो । कतिपयले छतबाट समेत हाम फालेर भाग्न खोजेपनि प्रहरीको बलियो तयारीका कारण उम्किन सकेनन् ।

प्रहरीले राती १० देखि बिहान ३ बजेसम्म सो क्षेत्रमा अप्रेशन जारी राखेको थियो । ‘यो गिरोह ठूलो रकम सहित जुवातास खेलिरहेको छ भन्ने सूचना आएको थियो त्यसैका आधारमा पिछा गर्दै जाँदा प्रकाउ गर्न सफल भयौं, डिएसपी बस्नेतले भने। उनीहरुलाई जुवातास ऐन अन्र्तगत कारवाही गरिने प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २८ वर्षीय रबिन्द्र शाही गुड्डुसहित १६ जना रहेका छन् ।शाही गोदावरी नगरपालिका वडा अध्यक्ष हुन् ।

त्यस्तै अन्य पक्राउ पर्नेमा गोदावरी नगरपालिका– १० का २८ वर्षीय सन्देश तामाङ्, वडा नम्बर ३ का ३८ वर्षीय मोहन खड्का, कञ्चनपुर भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका– १ का ३४ वर्षीय भुवन कुवरजिल्ला कैलालीको धनगढी उप महानगर पालिका–३ मिलचौकका ३८ वर्षीय को तिलक अधिकारी, ३७ वर्षीय चन्द्र मणि अधिकारी वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेम राज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल रहेका छन् ।

साथै बैतडी दशरथ चन्द नगरपालिका– ८ का ३१ वर्षीय अमित गुरु, दशरथ चन्द न.पा. वडा नम्बर ४ का ३० वर्षीय को सुर्य भट्ट, पुर्चौडी नगरपालिका– ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका– ४ का ३३ वर्षीय जय सिंह धामी, महाकाली नगरपालिका– ४ का ३८ वर्षीय मंगल ठगुन्ना पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार