logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा मेयरको कार्यकक्षमा विवादित संस्था सच्चाइको सत्संग ब्यानर टागेर कार्यक्रम

विद्यमान कानुन नै नबुझी वृद्धभक्ता बढाउने निर्णण गरेर कार्यान्वयन गर्न चुकेका मेयर जिसी फरि चुके


  • राजनीति
  • बुधबार, फाल्गुन १६ २०७४

पोखरा लेखनाथका मेयर मानबहादुर जिसीको कार्यकक्षमा मंगलबार विवादित संस्था सच्चाइको सत्संगको ब्यानर टागेर कार्यक्रम गरिएको छ।

देशकै ठूलो महानगरका मेयरको कार्यकक्षमा सर्वसाधारणले प्रवेश पाउन सामान्यता केही घन्टा पर्खिनुपर्छ । तर, असंवैधानिक तवरले धर्म परिवर्तनमा सक्रिय सच्चाइको संत्सगको टोलीले मेयरको कार्यकक्षमै कार्यक्रम गर्न पायो । संस्थाका अध्यक्ष ज्ञानु तामाङको अध्यक्षतामा मेयर कार्यकक्षमा नै कार्यक्रम भयो । राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विर छेवैमा सच्चाइले ब्यानर राखेर कार्यक्रम गरिएको हो ।

विद्यमान कानुन नै नबुझी वृद्धभक्ता बढाउने निर्णण गरेर कार्यान्वयन गर्न चुकेका मेयर जिसी फरि चुकेका छन् । महानगरको कार्यपालिकामा छलफल नगरी रकम दिएकोमा समेत उनको विरोध भइरहेको छ ।

मेयर जिसीले कार्यक्रममा संस्थाको प्रशंसासमेत गरे । पवित्र उद्देश्यका साथ अग्नीपीडितलाई सहयोग गरेकोमा धन्यवाद दिएका जिसीले त्यो संस्थाको उद्देश्य र कामबारे बुझ्ने झन्झट नै गरेनन् ।

धर्म परिवर्तन र टोलमा होहल्ला गरेकाले सच्चाइविरुद्ध स्थानीय कास्की प्रहरीमा उजुरी समेत दिएका थिए । तर प्रशासनले भने कारवाही गरेको छैन ।

सो अवसरमा सच्चाइको सत्संग कास्की नेपाल पोखरा लामाचौर–१९ ले धादिङ जिल्ला गंगा जमुना गाउँपालिका वडा नं। ५ बस्ने अग्नी पीडित बुद्धीबहादुर भुजेल र चन्द्रबहादुर घर्तीको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ हस्तान्तरण ग¥यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार