राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ लाइ प्रहरीले पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको छ।

नेकपाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मुलुकमा गरेको बिरोधका कार्यक्रमको जिम्मा उनले लिनु पर्ने भन्दै भोजपुरमा शेरधान राई माथी भएको घटनाको आरोप सहित भोजपुर आदलतको आदेश भन्दै कपिलवस्तु वडा प्रहरी को लेटर प्याडमा पक्राउ पुर्जी जारी गरेकोछ । विप्लवलाइ ज्यान मार्ने उधोग र बिस्फोटक को आरोप लगाइएको म्याद तामेली पत्रमा उल्लेख गरिएको छ ।
यता नेकपाले भने झुटो आरोपमा नेता कार्यकर्ता माथी धरपकड जारी राखे अनपेक्षित परिणाम निस्किन सक्ने चेतावनीसमेत दिदै आएको छ ।