राजनीति
विप्लव निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन आदर्श मगरको अध्यक्षतामा सौल दोङ्देमुनमा सम्पन्न भएको छ ।
भेलाले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चुनिए छन भने प्रवक्तामा प्रकाश कार्की निर्वाचित भएका छन् । शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरिएको छ ।
भेला ले प्रवक्तामा प्रकाश कार्की सदस्यहरुमा आदर्श मगर, प्रकाशचन्द रतला, कुबेर न्यौपाने, के वस्नेत, सबराज शाही दिपेश पेप ओलि ( क.डाइमण्ड ), बिकास ढकाल
,गोपाल बुढा मगर , कृष्ण लिम्बु, बिपिन मगर निर्मल ओलि ( क. विश्वास ), राकेश ओलि, शेखर राई, स्पन्धन राई चयन गरेको छ भने अन्य बैठकबाट ३ जना थप गरिने बताइएको छ ।