logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीकाे सेटिङ्गमा पाथिभराकाे ३१७ राेपनी जग्गा ‘यति’ लाइ सित्तैमा


  • पत्रपत्रिका
  • मंगलबार, माघ १४ २०७६

सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रुपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा ताप्लेजुङस्थित पाथीभराको ३१७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ। सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ।

मोरङको विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले पाथीभरामा केबलकार सञ्चालन गर्ने कम्पनी दर्ता गरेका थिए। आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेसन’ बनाउने तयारी गरेको उनले केबलकारका पोलहरु राख्ने र माथिल्लो स्टेसन बनाउने जग्गा उपयोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन्। यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको थियो। यती समूहले केबलकार सञ्चालन गर्ने अनुमति मात्र पाएको छैन, ३१७ रोपनी सरकारी जग्गा सित्तैमा पनि पाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथमा पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ०५१ सालमा गृहमन्त्री हुँदा बरुवाल पिए थिए। यती समूहले लगानी गर्ने केबलकारमा बरुवाललाई पनि सञ्चालक बनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार