logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

यौन उत्पीडनको मारमा सिरियाली महिला, एकटुक्रा पाउरोटीको बदलामा राहतकर्मीबाट चरम यौन शोषण


  • राजनीति
  • बुधबार, फाल्गुन १६ २०७४

सिरियाको राहत शिविरहरुमा राहतकर्मीहरु स्वयंंबाट महिलामाथि यौन शोषण हुने गरेको पाइएको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनहरुका तर्फबाट सहयोग पुराइरहेका राहतकर्मीहरुले महिलाहरुका साथ यौन शोषण गरेको बीबीसीले पत्ता लगाएको जनाएको छ ।

राहतकर्मी पुरुषहरुले सेक्सको बदला भोजन बेच्ने गरेका हुन् । तीन वर्षअघि दिइएको चेतावनीका बावजुद एउटा नयाँ रिपोर्टले देशका दक्षिणी भागमा युद्धपीडित महिलालाई खानाको बदला यौन शोषण जारी रहेको हो ।

तर, संयुक्त राष्ट्रसंघ र अन्य संगठनहरुका अनुसार उक्त क्षेत्रमा काम गरिरहेका सहयोगी संगठनहरुविरुद्ध अहिलेसम्म कतैबाट गुनासो प्राप्त भएको छैन ।

राहतकार्यमा संलग्नमध्ये केहीले बीबीसीलाई बताएअनुसार महिलाहरुका साथ शोषण ठुलो मात्रामा भइरहेको छ, जसका कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जानसमेत मानिरहेका छैनन् ।

एक जना राहतकर्मीको दावीअनुसार केही मानवतावादी एजेन्सीहरुले यो मामिलालाई वेवास्ता गरिरहेका छन्,  किनभने उनीहरुका लागि खतरनाक क्षेत्रमा स्थानीय अधिकारी र सहयोगी संगठन काम गरिरहेका थिए ।

संयुक्त राष्ट्रसंघको जनसंख्या कोषको एउटा मूल्यांकनमा पनि यो कुरा थाहा भएको थियो कि सहयोग सामग्री दिएपछि बदलामा महिलाहरुको यौन शोषण गरिँदै थियो । संगठनले यो मूल्यांकन गत वर्ष सिरियाको विभिन्न प्रशासनिक क्षेत्रमा गरेको थियो ।

निशानामा एकल र विधवा महिला
‘भ्वाइस फ्रम सिरिया–२०१८’ नामको यो रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ । जुन रिपोर्टमा भनिएको छ, ‘महिला एवं युवतिहरुले अधिकारीहरुसँग केही समयका लागि बिहे गरेका छन् । उनीहरुको विवाहको उद्देश्य हुन्छ पेटभरि खान पाइयोस् । त्यसको बदलामा अधिकारीहरु यौन प्यास मेट्छन् ।’

यसप्रकारको पहिलो घटना तीन वर्षअघि सार्वजनिक भएको थियो । सहयोग पुराउने एक संगठनका लागि सल्लाहकारको काम गरिरहेकी डेनिएल स्पेन्सरसँग २०१५ मा जोर्डनमा केही सिरियाली महिलाहरुको समूहले यसबारे गुनासो गरेका थिए ।

स्पेन्सर भन्छिन्–राहतकर्मीहरु तबसम्म सामग्रीहरु रोकेर राख्थे जबसम्म बदलामा उनीहरुले सेक्स गर्न पाउँदैनथे ।

उनी अगाडि भन्छिन्–मलाई याद छ कि एक जना महिला आफ्नो कोठामा रोइरहेकी थिइन् । उनका साथमा जे भएको थियो त्यसबाट उनी निकै दुःखी थिइन् ।

‘महिला र किशोरीहरुलाई राहत सामग्री दिने बेला सुरक्षा दिनु आवश्यक छ ।’

४० प्रतिशत महिला यौन हिंसाको शिकार

द इन्टरनेशनल रेस्क्यु कमिटिले यस्तै सर्भे जुन २०१५ मा गरेको थियो, जसमा १९० जना महिला र किशोरी समावेश थिए । रिपोर्टका अनुसार ४० प्रतिशत महिलाहरुले स्वीकार गरे कि सहयोगका बदलामा उनीहरु यौन हिंसाको शिकार भएका थिए ।

कमिटिका प्रवक्ताले भने–सर्भेको निष्कर्ष थियो कि दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय हो, जसमा राहत सामग्रीको बदला यस्तो गरिनु पनि समावेश थियो ।

बीबीसीले यो दुवै रिपोर्ट हे¥यो, जुन १५ जुलाई २०१५ मा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको बैठकमा पेस गरिएको थियो । जोर्डनको राजधानी अम्मानमा बसेको बैठकमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनले भाग लिएका थिए ।

निगरानी टोली
द इन्टरनेशनल रेस्क्यु कमिटिका प्रवक्ताले भने–हामीहरुले दक्षिण सिरियामा महिला र किशोरीहरुको राम्रो सुरक्षाका लागि कयौ नयाँ कार्यक्रम सुरु गरेका छौ ।

केयर संस्थाले सिरियामा निगरानी टिम विस्तार गरेको र राहत सामग्री स्थानीय एजेन्सीलाई दिन बन्द गरेको छ। स्पेन्सरको दावीअनुसार राहत पुराउने संस्थाहरुको यो मामिलामा आँखा बन्द थियो, ताकि सामग्री दक्षिण सिरिया पुगिरहोस् ।

उनी भन्छिन्–महिलाहरुविरुद्ध यौन हिंसालाई कयौ वर्षसम्म नजरअन्दाज गरियो ।

२०१५मा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको बैठकमा सहभागी एक अन्य स्रोतले बीबीसीसँग भने–यौन शोषणमाथि विश्वसनीय रिपोर्ट पेस गरिएको थियो, तर संयुक्त राष्ट्रसंघले यस विषयमा खासै चासो देखाएन ।

जनसंख्या कोषका प्रवक्ताले यौन शोषणसँग सम्बन्धित विषयका बारेमा सुनेको तर कोष जुन सहयोगी संस्थाको साथ काम गरिरहेको थियो, त्यसविरुद्ध कुनै गुनासो नआएको बताए ।

युनिसेफका प्रवक्ताले २०१५ मा भएको बैठकमा भाग लिएको कुरा स्वीकार गरेका छन् । संस्थाका अनुसार आफ्नो स्थानीय सहयोगी संस्थाको समीक्षा गरेको छ। संस्थाले यो पनि भन्यो कि सहयोगी संगठनविरुद्ध कुनै गुनासो प्राप्त भएको छैन । –बीबीसी हिन्दी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार