पोखरा – तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बन्दीपुर गाउँपालिका– ४ का १० वर्षीय बालक इसाक सुनार रहेका छन् ।
सोमबार बिहे भोज खाएर साँझ साढे ६ बजे आमासँग फर्कने क्रममा विमलनगरस्थित लोहीपाखामा बालकलाई चितुवाले आक्रमण गरेको हो डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीका अनुसार बिहे भोज खाएर आमा र छोरा अन्य स्थानीयसँगै घर फर्कंदै गर्दा चितुवाले आक्रमण गरेको हो ।
गाडि र अन्य स्थानीय केही पछाडि रहेछन्,’ उप्रेतीले भने, ‘बालकलाई चितुवाले एक्कासी आक्रमण गरेछ ।’ पछाडि आउँदै गरेकाहरूले चिच्याउँदै होहल्ला गरेपछि बालकलाई करिब सय मिटर जति टाढा पुर्याएर चितुवा भागेको थियो । चितुवाले बालकको घाँटीमा तीन ठाउँमा चिथोरेको पाइएको छ ।
पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ । भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक, आँबुखैरेनी गाउँपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक जना गरी तनहुँमा चितुवाको आक्रमणमा परेर नौ जनाको ज्यान गइसकेको छ ।