राजनीति
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन युवा संघका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिप शीखा) लाई नेपाल टेलिभिजनले अन्तवार्ताका लागि बोलाएर त्यत्तिकै फकाईएको छ ।
मुलुकको सरकारी टेलिभिजन एनटिभी न्युजमा आज साढे १२ बजेका लागि अन्तरवार्ता लिनका लागि बोलाइएका उनलाई १ बजे सम्म तय भएको समयमा बत्ति बनाउन जान्ने मान्छे नभएका कारण अन्तरवार्ताको समय त्यत्तिकै सकिएका कारण आफू फर्कन परेको सापकोटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
‘क्या गज्जबको सरकारी निकाय, यसरी त बन्दैन हो देश ?’ भन्दै सामाजिक संजालमा लेखेका सापकोटाले भनेका छन् ‘सरकारी टेलिभिजन NTV News मा आज १२ :३० बाट १ :०० बजेसमम्मका लागी तय भएको कार्यक्रम स्टुडियोमा बत्ति बाल्न जान्ने मान्छे नभएर फर्किन पर्यो । कर्मचारि साथिहरूले जान्ने कर्मचारी खोजेर फोनबाट सिक्दासिक्दै जम्मा समय ९ मिनेटको बॉकि रह्यो १ अन्तरवार्ता नदिईकन म फर्किए !’
यसै विषयमा एनटिभीका प्रशासन प्रमुखले बत्तिकै कारणले समस्या भएका बताए । ‘ समय थप गरेर अन्तरवार्ता लिन खोजेका थियौं उहाँ फर्किनु भयो ।’ महर्जनले भने ।