logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रेमीसँग मिलेर एक महिलाले आफ्नै पतिको ह त्या


  • राजनिती न्युज डेस्क
  • मंगलबार, माघ १४ २०७६

विराटनगर-  प्रेमीसँग मिलेर एक महिलाले आफ्नै पतिको ह त्या गरेकी छन् । मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारले आफ्नै पतिको ह त्या गरेकी हुन । दयावतीले प्रेमी कटहरी ७ का बोस भनिने ३६ वर्षीय बद्री सरदासँग मिलेर ४५ वर्षीय पति विकास सरदारको ह त्या गरेको प्रहरीले जनाएको छ ।

माघ ६ गते सोमबार बिहान विकासको श व ग्रामथान गाउँपालिका ३ मा पानी जमेको खाल्डोमा फेला परेको थियो ।मृ तकको टाउकोको पछाडि चोट देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रेमीसँग मिलेर पतिको ह त्या गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले  बताए ।

दयावती र प्रेमी बद्रीकै सल्लाह र योजनाअनुसार गरिएको ह त्यामा अन्य दुईजनाले पनि सहयोग गरेको खुलेको छ ।

विशेष सुराकीका आधारमा बद्रीलाई प्रहरीले गत शनिबार कटहरी-७ बाटै पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले दयावतीको आग्रह तथा योजनामा ह त्या गरिएको र त्यसमा ललन र मुकेशको पनि सहयोग रहेको प्रहरीलाई बताएका थिए । त्यसपछि दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

पक्राउ परेका चारैजनालाई प्रहरीले मंगलबार विराटनगरमा सार्वजनिक पनि गरेको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी अधिकारीले दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार