logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा रेम वि.क


  • आश तमु
  • बिहिबार, माघ १६ २०७६

पोखरा – राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम ऐतिहासिक गण्डकी प्रदेश भेलाले रेम वि.क को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्य समिति गठन गरेको छ ।

प्रदेश भेलाले उपाध्यक्षमा वाग्लुङ्गका लोकेन्द्र सुनार, तनहुँका पुर्ण वि.क कास्कीका सन्तोष परियार, सचिवमा लम्जुङ्गका दलबहादुर मजाकोटि, सहसचिवमा कास्की सुर्य परियार, कोषाध्यक्षमा गोरखाकी लक्ष्मी सुनार, सदस्यहरुमा मुस्ताङ्गकी सरस्वती ल्वागुन, बाग्लुङ्गका सज्जन सिंह, रामकृण्ष बोघेरा र डिलबहादुर वि.क, गोरखाका राम बसेल, मनाङ्गका नेगम परियार, नवलपुरका दयाराम गहतराज र राम सुनार, स्याङ्ग्जाकी कामना सुनार र कास्कीका सुरेनकुमार नेपाली(सुशिल) चयन भएका छन  । कार्यसमितिको पहिलो बैठक बसी थप २ सदस्य मनोनित गर्ने अध्यक्ष बिकले बताए  ।

प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आफ्नै वंश भित्र आफ्नै दाजुभाइलाइ किन यस्तो बनाइयो ? प्रश्न गरे । विभेद पुर्ण लडाइमा आवाज उठाउने सर्व्जित भगतले २००३ सालदेखी आवाज अठाएको व्यक्तिको अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।“ मानिसले नै बनाएको हुदा मानिसले नै परिवर्तन गर्न सक्ने र त्यो जरुरी छ, दलित किन भनिएको हो र दलित शव्द किन लेखिने यो विषयमा समेत ध्यान जानु जरुरी छ“ शेरचनले भने “(दलित शव्द किन प्रयोग गर्ने विचार गर्नुस तपाइँहरु नेपालका प्राविधिकका सन्तान हुनुहुन्छ“ । दलितको आवाज नेपालमा मात्र नभइ विस्वमै चर्चाको विषय बनेको उनले सुनाए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल अध्यक्ष विनोद पहारी ,गण्डकी प्रदेश सभासदस्य जुना देवि नेपाली, गण्डकी प्रदेश सभा सदस्य डोवटी विश्वकर्मा लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमका अध्यक्षता दलित पत्रकार संघका केन्द्रीय सदस्य दिपक परियारले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार