logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिमुलेसन साईन्सको बृहत विज्ञान प्रर्दशनी,नयाँ पुस्तालाई सकारात्मक प्रभाव : प्रदेश प्रमुख शेरचन


  • राजनिती न्युज डेस्क
  • बिहिबार, माघ १६ २०७६

पोखरा- पोखरा सभागृहहलमा बुधबार देखी सिमुलेसन साईन्स सेन्टरको आयोजनामा बृहत विज्ञान प्रर्दशनी सुरु भएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै विश्वलाई एकै ठाउँमा ल्याउन विज्ञान प्रविधीको ठूलो भूमिका रहेको बताएका छन ।

, ‘यूवा आयोजकले सञ्चालन सुरु गरेको प्रर्दशनीले विज्ञान–प्रविधीका क्षेत्रमा नयाँ पुस्तालाई सकारात्मक प्रभाव पर्दछ ।, ‘नेपाल सानो मुलुक भए पनि प्रविधीका माध्यमबाट प्राकृतिक स्रोत साधनको भरपुर उपभोगमा जोड्न सकिने वातावरण बनाउन प्रविधीको ठूलो भूमिका छ ।’ उनले भने

प्रर्दशनीमा विज्ञान प्रविधि विषय सम्बन्धि बाल कक्षादेखि कक्षा १२ सम्मको पाठ्यपुस्तकमा आधारित रहेर विज्ञान तथा प्रविधिसम्बन्धी १० बढी ‘शैक्षिक शाखाहरुबाट विद्यार्थी सहित आम अभिभावकहरुले इञ्जिनियरको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिज्म, प्रत्यक्ष अवलोकन तथा प्रयोग गर्न पाउने छन ।

प्रदर्शनीमा रोबटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री राखिएका छन ।

प्रर्दशनी बिहान ९ देखि साँझ ६ बजेसम्म जारी रहने संस्थाका कार्यकारी निर्देशक प्रतिक्षा थापाले जानकारी दिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार