logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राजिव ढुङ्गानालाई नेवि संघ केन्द्रीय अध्यक्षको जिम्मेवारी


  • राजनीति
  • बिहिबार, माघ १६ २०७६

पोखरा –  सुनसरीका राजिव ढुङ्गानालाई नेपाल विद्यार्थी संघको  केन्द्रीय अध्यक्षको जिम्मेवारी दिएका छन

रिक्त रहेको ‘नेपाल विद्यार्थी संघको अध्यक्षमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहिबार ढुङ्गानालाई   केन्द्रीय तदर्थ कार्यसमिति’ को जिम्मेवारी दिएका हुन

पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गरेका हुन् ।

विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गर्नुभएका ढुङ्गानाले यसअघि नेविसंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

तदर्थ समितिको महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहेको  पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसंघको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यस अघि कायम रहेको नेविसंघ केन्द्रीय कार्य समिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसंघको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसंघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार