राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती पाल्पाले सहिद दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । राणा शासन विरुद्ध संघर्षका सहिदहरुको स्मरणमा कार्यक्रम आयोजना गरेको हो ।
जिल्लाको एक ग्रामिण वस्तीमा आयोजना गरिएको सभामा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह ‘प्रविन’ले सहिदहरुको भर्याङ्ग बनाएर शासन सत्तामा पुगी बलिदानलाइ अपमान गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले दलालहरुको हिसाब राखिएको भन्दै क्रान्तिले उनिहरुलाइ दनक दिने बताएकाछन ।
नेता प्रविनले नेपालको हरेक दशकमा भएको क्रान्ति वा आन्दोलनमा हज्जारौं योद्धाहरुले बलिदान दिएपनि ती सहिदहरुको सपना पुरा नभएकोले थप क्रान्ति गर्नु पर्ने धारणा राखेकाछन । उनले दलाल संसदीय व्यवस्थाबाट सहिदको सपना पुरा हुन सम्भव नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले इण्डोप्यासिफिक रणनीति अन्तर्गत एमसीसीको बहानामा नेपालमा सैन्य अखडा स्थापना गर्ने उत्तरसाम्राज्यवादीहरुको सपना पुरा हुन कुनै हालतमा नदिने समेत बताए ।

अखिल क्रान्तिकारीका नेता सारदा भण्डारीको संचालन, जिल्ला नेता नेपालको अध्यक्षता र नेकपा पाल्पाका इन्चार्ज प्रविनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला नेता सुमन, युवा संगठन नेपाल पाल्पाका अध्यक्ष लिला सारु मगर लगायत सहिद वेपत्ता परिवारको उल्लेख्य सहभागिता रहेको थियो ।
बिद्रोही नेकपाले देशभर निरङ्कुश राणा शासनका विरुद्ध बलिदान गर्ने महान सहिदहरुको सम्मान र सम्झनामा माघ १६ गते श्रद्धाञ्जली एवं कोणसभा गरेको छ । राणाशासनका विरुद्ध सङ्घर्ष गर्ने क्रममा सन् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथचन्दको निर्ममतापुर्वक हत्या गरिएको थियो ।

