logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मुग्लिनकाे पुलबाट ट्रक खस्यो , चालक गुरुङ गम्भीर घाइते


  • राजनिती न्युज डेस्क
  • सोमबार, माघ २० २०७६

चितवन –  चामल बाेकेर काठमाडाैं जाँदै गरेकाे ट्रक नारायणगढ-मुग्लिन सडककाे दुई नम्बर पुलबाट खसेको छ  । तल खस्दा चालक गम्भीर घाइते भएका छन् । साेमबार बिहान साढे सात बजे टायर पन्‍चर भएपछि ट्रक पुलबाट झण्डै ४० मिटर तल खसेकाे थियाे ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ट्रकमा चालक मात्रै भेटिएका छन ।

नवलपरासी सुनवल घर भएका चालक शेरबहादुर गुरूङकाे भरतपुरमा रहेकाे पुरानाे मेडिकल कलेजकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार