logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बुटबल देखि बागलुङको बुर्तिवाङ जाँदै गरेको रात्री बस बिहान दुर्घटना १ को मृत्यु, १० घाईते


  • राजनीति
  • मंगलबार, चैत्र ६ २०७४

बागलुङ — बुटबलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको रात्री बस मंगलबार बिहान दुर्घटना हुदाँ १ जनाको  मृत्यु भएको छ । घटनामा १० जना घाइते छन् ।लु १ ख ७४३९ नम्बरको बस बिहान साँढे ४ बजे ढोरपाटन नगरपालिका–१ खप्तरीवाङमा सडक देखि २५ फीट तल बडिगाढ खोलामा खसेको थियो। घटनामा मृत्यु हुने अन्दाजी ६५ वर्षीय महिला छन्। उनको सनाखत हुन सकेको छैन। उनलाई खोलाले बगाएर २ सय मिटर तल पुर्‍याएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका निरीक्षक कृष्ण रानाले बताए

चालक माधव थापा सहित १० जना घाइते भएका छन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालयकै गाडीमा राखेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पुर्‍याइएको थियो। घाइतेहरुको अहिले केन्द्रमा उपचार भैरहेको छ। उनीहरु मध्ये गम्भिर घाईते भारतको रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलीलाई थप उपचारका लागि बुटवल पठाइएको छ। उनको टाउकोमा गम्भिर चोट छ भने करङ भाँचिएकोले बुर्तिवाङमा उपचार हुन नसकी रिफर गरिएको हो।

रात्री बस भएकोले चालक निदाएको वा सहचालकले चलाएको लगायतका विवाद उठेका छन्। घाइते यात्रीहरुले सहचालकले चलाएको आरोप लगाएका छन्। अनुसन्धान भैरहेको र चालक पनि घाईते भएकोले यकिन गर्न नसकिएको प्रहरी निरीक्षक रानाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार