logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

महराकाे दु:खमा बाबुरामकाेे सहानुभूति


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डिल्ली बजार कारागारमा गएर निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेटेका छन् ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरालाई भेट्ने उनी पहिलो उच्च तहको राजनीतिज्ञ भएको कारागार स्रोतले बतायो ।

सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराईले करिब एक घन्टा महरासँग कुराकानी गरेको कारागारका एक कर्मचारीले जानकारी दिए ।

महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । आदेशविरुद्ध उनी उच्च अदालत पनि पुगे । उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो ।

तर, महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदातलते भनेको थियो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

महिलाको किटानी जाहेरीपछि उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार