logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माइला लामा सहित ३ जनालाई सुनसरी पुगाइयाे


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माईला लामासहित तीन नेतालाई सुनसरी पुगाइएकाे छ ।

केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इन्चार्ज माइला लामा, नविन विश्वकर्मा र नेतृ धिरेन्द्रा उपाध्यालाई प्रहरीले काठमाडौँबाट सुनसरी लगेको छ । उनीहरूलाई काठमाडौँबाट विराटनगरसम्म जहाजबाट ल्याइएको थियोे ।

तीनै जनालाई पाटन उच्च अदालतको आदेशमा अाईतबार रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको थियो । उनीहरुविरुद्ध मुद्दा रहेकोले सुनसरी लगिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार