logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

एमसिसि मार्फत अमेरिका नेपालमाथी सैन्य हस्तक्षेप गर्न चाहान्छ : नेता गजुरेल


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

क्रान्तिकारी माओवादी का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेता सिपी गजुरेलले इन्डो प्यासिफिक रणनीति अनुसार अमेरिकाले नेपालमा सेना उतार्न खोजेको दाबी गरेका छन्।

मोर्चाले आयोजना गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा आइतवार काठमाडौंमा बोल्दै उनले अमेरिका पनि भारत जस्तै नेपाल कब्जामा लागेको दाबी गरेका हुन्।

भारतले नेपालको सीमा मिचेर कालापानीमा आफ्ना सैनिकको अखडा राखेको उनले बताए । ‘भारतले सीमा मिचेर कालापानीमा आफ्ना सैनिक उतार्‍यो’, उनले भने, ‘अमेरिकाले इन्डोप्यासिफिक रणनीति अनुसार नेपालमा कब्जा जमाउन खोजेको छ।’

नेता गजुरेलले भारतबाट नेपालका ७१ ठाउँमा सीमा मिचिएको बताए। ‘भक्तपुर जत्रा तीनवटा जिल्ला जत्रा भूभाग भारतले मिचेको छ’, उनले भने, ‘तर सरकारले यसलाई सामान्य रूपमा लिएको छ। सीमा मिचिएको विरोधमा आवाज उठाउनेमाथि उल्टै दमन गरेको छ।’

नेता गजुरेलले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नयाँ नक्सा जारी गर्नुपर्ने बताए। ‘नेपाली भूमि राखेर नक्सा जारी गर्नुपर्ने हो’, उनले भने, ‘सरकारले सीमा विवादको बिययमा छिट्टै काम गर्नुपर्छ। सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्न ढिला भएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार