राजनीति
सत्तारूढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसि संसदबाट पास हुने बताएका छन् । प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुने बताएका हुन ।
प्रधानमन्त्री ले मंगलबार साँझ सम्पादकहरुसँग भएको भेटमा उनले एमसीसी छिट्टै पास हुने बताएका हुन् । ‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाएको हो’ दावी गरे । केही अबुझ साथीहरुलाइ बुझाउन कार्यदल बनेको बताए ।
एमसिसि बारे पार्टी तथा बाहिर सर्वत्र आलोचना भइरहदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै मात्र केन्द्रीय कमिटीबाट एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदललाई १० दिनको समय दिइएको छ ।
तर उता कार्यदलका सदस्य तथा नेकपाकै प्रभावशाली नेता भिम रावलले राजधानी काे एक अन्तरक्रिया कार्यक्रममा एमसिसि पास बारे साेच्नै नसकिने बताएका समाचार बाहिरिएका छन् ।