राजनीति
पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ‘सारङ्गी साँझ’को आयोजना गरिएको छ । पार्टीको मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेकाे बताइएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिस्ठ नेेेताहरुले बाध्यवादनमा रमाइलो गरेका तस्बिर सार्वजनिक भए । उक्त रमाइलो पलको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा हालेका छन् ।
कार्यक्रममा प्रम ओलीले बाँसुरी र सारङ्गी बजाएका थिए भने पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले ओलीलाई साथ दिँदै सारङ्गी बजाएका तस्बिरमा देेेेख्न सकिन्छ ।
नेकपा काे बैठकपछि नेताहरू केन्द्रीकृत गर्न प्रधानमन्त्रीले निवासमा रात्रि भाेजकाे आयोजना गरेका थिए ।
कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुको सहभागिता रहेको थियो ।