logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काे थिइन आकाशमा उडिरहेको जहाजमा बच्चा जन्माउने महिला ?


  • एजेन्सी
  • बुधबार, माघ २२ २०७६

प्राय कमै सुनिने यस्ता राेचक घटना मध्य मङ्गलबार दोहाबाट बैंककका लागि उडानमा रहँदा एक थाई महिलाले बच्चा जन्माएकी छिन् ।

कतार एअरवेजको विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा ती महिलाले बिहान करिब तीन बजे बच्चा जन्माएकी थिइन् ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई भारतको कलकत्तामा नै आकस्मिक अवतरण गरेको बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ ।
आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार