logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वुहानबाट फर्किएका नेपालीका लागि यस्तो छ व्यवस्था


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

सरकारले कोरोना भाइरस संक्रमणबाट जोगाउन चीनबाट उद्धार गरेर ल्याउने नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने जनाएको छ।

विद्युत प्राधिकरण काे तालिम केन्द्रको भवनमा चीनको हुवेइ प्रान्तको वुहानबाट ल्याइने नेपालीलाई राखिने भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवसहित बसेको बैठकले राख्ने ठाउँको टुंगो लगाएको स्रोतले जानकारी दिएको छ। क्वारेन्टाइनका रूपमा राखिने नेपालीको उपचार, खानालगायतका जिम्मेवारी सरोकारवाला निकायले गर्नुपर्ने छ ।

क्वारेन्टाइनमा चिकित्सकसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिनेछन्। बुधबारसम्म काठमाडौं ल्याउने भनिए पनि बल्ल राख्‍ने ठाउँको टुंगो लागेकाले उनीहरूलाई नेपाल ल्याउन अझै एक/दुई दिन लाग्‍ने स्रोतले बतायो। चीनबाट ल्याइने १८० जना राख्‍नलाई त्यहीँ ठाउँ पुग्ने भएकाले अरू ठाउँ नखोजिएको स्रोतको भनाइ छ।

कोरोना भाइरसको उद्गम स्थल वुहानमा १८० जना नेपाली नागरिकले आफूहरूको उद्धार गर्न विवरण पेस गरेका छन्। केही दिनअघि चीनस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीलाई विवरण पेस गर्न आग्रह गरेको थियो। दूतावसको आह्वान अनुसार १८० जना नेपालीले विवरण पेस गरेको दूतावासले जनाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार