logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

उत्तर कोरियाली नेता किम बेइजिङमा !

उत्तर कोरिया र चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन


  • राजनीति
  • मंगलबार, चैत्र १३ २०७४

३ चैत, काठमाडौं । अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन हुनसक्ने अनुमान हुन थालेको छ ।

उत्तर कोरियाका उच्च अधिकारी ट्रेनमार्फत बेइजिङ पुगेको खबर जापानी मिडियामा आएको थियो । दक्षिण कोरियाले उच्च अधिकारीको पहिचान नभएको बताएको छ तर, घटनाक्रमलाई होसियारीपूर्वक हेरिरहेको बताएको छ ।

उत्तर कोरिया र चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यदि किम बेइजिङ पुगेको भए २०११ मा पद सम्हालेयताकै पहिलो विदेश भ्रमण हुनेछ ।

गत पहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनपेक्षित रुपमा किमलाई भेट्ने प्रस्ताव स्वीकार गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार