logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ट्रम्पकाे भाषण सभामुखले उनकै अगाडि किन च्यातेर फालिन ?


  • एजेन्सी
  • बुधबार, माघ २२ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छन्।

संसदको दुवै सदनमा सम्बोधन गर्न संसदभवन पुगेका ट्रम्पको भाषणको लिखित कपी न्यान्सीले उनको अगाडि च्यातिदिएकी हुन्। आफूले अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडी भाषण च्यातिदिएकी हुन्।

यो सँगै सभामुख र राष्ट्रपतिको  विवाद सतहमा आएको छ। अमेरिकी दुवै सदनलाई सम्बोधन गरेका ट्रम्पले कोरोना भाइरबाट आफ्ना नागरिकलाई बचाउन सबै कदम चालेको बताएका छन्।

त्यस्तै चीनलाई पनि समाधानको उपाय खोज्न आग्रह गरे।  त्यस्तै उनले आफूले अमेरिकी अर्थतन्त्रलाई सही बाटोमा ल्याएको दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार