logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्व उपप्रधानमन्त्री सहित १७५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

भ्रष्टाचार संबंधित अध्ययन अनुशन्धान र कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय बहुचर्चित बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्धको विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकाल सहित  १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकाललाई ३९ करोड २७ लाख ६५ हजार बिगो दाबी गरेको छ ।

विशेष अदालतले आरोप पत्र आइसकेको र रुजु गर्ने काम भइरहेको जनाएको छ । आरोपपत्र आएको छ । हामी रुजू गर्दै छौ, रुजु सकेर दर्ता प्रक्रियामा जान्छौ’, विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताएकाछनक्स ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार