राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि प्रश्न उठाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साझ ट्वीट गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका हुन् । उनले बालुवाटार काण्डका मुख्य दाेसि माधव नेपाल र बिष्णु पाैड्याल भएकाे दावी गरेका छन ।
उनले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? बिजय गच्छदारलाई ?’
उनले अगाडि लेखेको छन्, ‘एनिमल फार्म मा जर्ज अर्बेल भन्छन– सबै जनवारहरु समान हुन्छन् । तर, केही जनवारहरु बढी समान हुन्छन् ।’ ०६६मा माधव नेपालको नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्मा ७ बुँदे प्रस्ताव गएको थियो।
ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी विवादमा परेका थिए । शर्माले नेपाल र पौडेललाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठाएको हुन् ।
यस्तो छ ट्वीट
श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? बिजय गच्छदारलाई ?’
एनिमल फार्म मा जर्ज अर्बेल भन्छन– सबै जनवारहरु समान हुन्छन् । तर, केही जनवारहरु बढी समान हुन्छन् ।