राजनीति
बिद्राेही विप्लव नेतृत्वको नेकपा पश्चिम रुकुमका सेक्रेटरी तथा अखिल क्रान्तिकारी का पुर्व केन्द्रीय सदस्य चन्द बढा अदालत बाट रिहा भएपनि पुन पक्राउ गरिएको छ ।
गत असाेज २९ (०७६) मा दाङको राजपुर–४ मुंग्रेटाखोला नजिक बाट नेता (वीरजङ) सहितको बुढा पनि पक्राउ परेका थिए ।
वीरजङसहित पक्राउ परेको २१ जनाको टोली जङ्गलको बीचमा रहेका दुईवटा खालि घरमा बैठकका लागि गएको थियो । सो ठाउँको सुरक्षाका लागि ठाउँ–ठाउँमा सेन्ट्रीको व्यवस्था गरेको थियो । त्यसमध्ये एक सेन्ट्री प्रहरीको सुराकी थिए, तिनैको सूचनाका आधारमा प्रहरीले बैठकस्थल ‘लोकेट’ गर्न सकेको थियो ।
आज इन्चार्ज चन्द्र बुढालाइ दाङबाट रिहाइ भए लगत्तै प्रशासनको गेटबाटै गिरप्तार गरि बर्दिया लगेको छ बताइएकाे छ ।