logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

देश लुटिदा आदेश र उपदेशमा भुल्नेहरु इतिहासका घिनलाग्दा जोकर हुन : पूर्ण सिंह ‘प्रबिन’


  • राजनीति
  • बिहिबार, माघ २३ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज प्रबिनले एमसिसी विरुद्ध जनस्तर बाट कार्वाही गरिने बताएकाछन । एमसिसीको  प्रस्तावित स्टेसन वसन्तपुर पाल्पामा कालो ब्यानर राखे पछी यस्तो प्रतिक्रिया दिएकाहुन ।

मुलुकलाइ चरम संकटमा फसाउदै युद्धस्थल बनाउने दिने सोच सहित प्रवेस गरेको एसिसीलाइ कुनै पनि मुल्यमा स्वीकार गर्न नसकिने भन्दै एमसिसी लखेट्ने जनस्तरको अभियान प्रारम्भ भएको बताएकाछन ।

जिल्ला इन्चार्ज प्रबिनले मुलुक नै बेचिदा सम्म माथिको आदेश र उपदेश भन्दै हात बाधेर बस्नेहरु इतिहासका घिनलाग्दा जोकर बाहेक केहि नहुने तर्क गरेकाछ्न । उनले अमुक दलको कार्यकर्ता भन्दा आफु नेपाली हु भन्ने बोध सहित यो अभियानमा सहभागी हुन आव्हान समेत गरेकाछन । इन्चार्ज प्रबिनले  एमसिसी सम्झौता मार्फत देशलाइ अन्तर्राष्ट्रिय यु’द्ध अपरा’धीहरुको हातमा सुम्पिन दलालहरु तयार भएको भन्दै सशक्त भन्डा’फोर सहित प्रतिरोध गर्ने उदघोष गरेकाछन ।

जिल्ला सेक्रेटरी भुवन जिसिको नेतृत्वमा  एमसिसी क्याम्प रहने भनिएको प्वाइन्टमा पुगेको टोलीले कालो ब्यानर राखेको छ । ब्यानर प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको नेकपा पाल्पाले जनाएको छ । उक्त कालो ब्यानरमा एमसिसी बिरोधि  पाँच  बुधा उल्लेख गरिएको छ ।

सबै दलहरु सग सयुक्त रुपमा कार्यक्रम गर्ने पहल गरेको  भएता पनि केहि दलले माथिको निर्देशन भन्दै सहभागी हुन डराएको सेक्रेटरी बिजिले बताएलाछन ।

नेकपाको बिरोध प्रदर्शन पछिको कोणसभाको अध्यक्षता आकाश, संचालक निशान ले गरेका थिए । कार्यक्रममा स्थानिय बुद्धिजिवी देब पौडेल, कोल्टी सामुदायिक बनका सचिव ऋषिराम थापा ,राष्ट्रिय जनमोर्चाको प्रतिनिधी कमल थापा र स्थानीय बासिन्दा  दिपक गिरिले एमसिसी देश र जनताको विरुद्धमा रहेको धारणा व्यक्त गरेका थिए ।

नेकपा पाल्पाले उल्लेख गरेका  ५ बुँद्दाहरु

१. अमेरिकी साम्राज्यवादको हिन्द प्रसान्त रणनीति अन्तर्गतको राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरौं
२. राष्ट्रियता स्वाधीनता र सर्वभौमिकताको  पक्षमा  देशभक्त नेपालीहरुले जनस्तर बाट प्रतिरोध गरौं
३. साम्राज्यवादको बढ्दो हस्तक्षेप र अतिक्रमण विरुद्ध न्याप्रेमी देशभक्त, न्यायप्रेमी तथा सम्पुर्ण जनसमुदाय एकजुट हौं
४. राज्य विरुद्धको सबैखाले राष्ट्रघाती सम्झौताहरु खारेजगर्न मोर्चाबद्ध संघर्ष गरौं
५. सामाजिक दलाल पुजीवाद, राष्ट्रिय आत्मसमर्पणवाद र देशद्रोहीहरुको सशक्त भण्डाफोर गरौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार