पोखरा – प्रहरीले काठमाण्डौबाट विप्लवको कार्यकर्ता भन्दै कास्कीका बिजय अधिकारीलाई प्रकाउ गरेका छन .
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका बिजय अधिकारीलाई प्रहरीले आफ्नाताको डेराबाट प्रकाउ गरेको हो।
पित्तको अपरेशनपश्चात डेरा कोठामा आराम गरिरहेका उनलाई प्रहरीले गएराती उनकै डेराकोठाबाट गिरफ्तार गरेको पारिवारिक श्रोतले जानाकारी दिएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको बताइएको छ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटी जिल्ला कमिटि सदस्य एबम अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घका गण्डक ब्युरो संयोजक रहेका उनले तीन दिन अघि मात्र एक प्रेस विज्ञप्ति प्रकाशित गरी पाटी परित्याग गरेको घोषणा गरेका थिए।