logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराको चर्चित अन्नपुर्ण गार्डेन रेष्टुरेन्टमा आगलागी


  • आश तमु
  • शुक्रबार, माघ २४ २०७६

पोखरा – शुक्रवार पोखरा ६ लेकसाइडमा किरण गुरुङको अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा  आगलागी भएको छ । शुक्रवार दिउसो १२:३० बजेको समयमा आगालागी भएको हो ।

पोखरा महानगरको दमकलको सहायताबाट शशस्त्र प्रहरी, प्रहरी र स्थानियको सहयोगमा रेस्टुरेन्टमा लागेको आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले बताए ।

किचनबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । यदापी क्षती बारे विवरण आउन बाकी  ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ २ लाख धरौटीमा छुटे

पोखरा – एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ २ लाख धरौटीमा छुटेका छन् । बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका गुरुङ १९ फागुनमा उच्च अदालत पोखरामा हाजिर हुने गरि अदालत तारिखमा रिहा भएका हुन ।

अध्यक्ष गुरुङलाई कास्की प्रहरीले पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरी दिए पछि १० माघमा पक्राउ गरेको थियो ।

प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमती लिई गुरुङलाई हिरासतमै राखी अनुसन्धान गरेको थियो ।

गुरुङ पक्राउ परे पछि एन्फा कास्कीमा जगत बहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार