logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना भाइरस रोक्न मानवरहित ड्रोनबाट छरियो हावामा विषादी


  • पत्रपत्रिका
  • आइतबार, माघ २६ २०७६

नोवल कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा शनिबार ड्रोन प्रयोग गरी हावामा कीटाणुनाशक पदार्थ छरिएको छ।

एकपटकमा १० लिटर कीटाणुनाशक पदार्थ बोकेको उक्त ड्रोनले करिब ८ हजार वर्गमिटरमा कीटाणुशोधन गरेको अधिकारीले बताएका छन्।

हुबेई प्रान्तबाट ल्याइएका पर्यटक राखिएको क्षेत्रमा ड्रोनमार्फत कीटाणुनाशक पदार्थ छरिएको युनान सेन्ये एभिसियन टेक्नोलोजी कम्पनीले जनाएको छ, आजकोकान्तिपुरले एजेन्सीलाई उधृत गर्दै खबर लेखेको छ।

मानवरहित ड्रोनको प्रयोगले मानिसबाट मानिसमा संक्रमण सर्न सक्ने जोखिम कम हुने र शीघ्र काम हुने कम्पनीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार