logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

युवाहरुको बिदेश पलाएन तथाङ्क डरलाग्दो छ : मन्त्री चुमान


  • आश तमु
  • आइतबार, माघ २६ २०७६

पोखरा – पोखरामा क्रियाशिल व्यवसायिक युवाहरुको क्लव युथ कम्युनिटी क्लवको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पूर्ण श्रेष्ठ
निर्वाचित भएका छन । शनिवार पोखरामा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा जयन्ती मोक्तान सचिवमा कृष्ण प्रसाद दाहाल ,कोषाध्यक्षमा बिकास गुरुङ रहेक छन। यसै गरी सदस्यहरुमा स्नेहा गुरुङ मान बहादुर शाही , मोहन शाही , इशा गुरुङ , चिन बहादुर गुरुङ ,सर्मिला लामा र अनिल श्रेष्ठ छन  ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश का आन्तरिक तथा कानुन मंत्री हरि चुमान क्षेत्रीले छरिएर रहेका विभिन्न पेशा व्यवसाय अपनाएर बसेका युवाहरुलाई सङ्गठित गरेर क्वले राखेका उदेश्य र कार्यहरु प्रशशा योग्य रहेको बताए। अव युवाहरुले किनेर ल्याएर बिक्रि बितरण भन्दा पनि आफैले आफ्नै ठाउमा उत्पादन गरी बिक्रि बितरण गर्नु पर्नेमा जोड दिए  । युथ कम्युनिटी क्लवले राखेका उद्श्यरु र प्रदेश सरकारले राखेका उदेश्यहरु एक आपसमा समानता रहेको भन्दै प्रदेश सरकारले युवाहरुलाई आत्मनिर्भर बनाउन योजना रहेको भन्दै सहकार्य गरी अघि बढ्ने बताए  । नेपालको पछिल्लो तथ्यांकमा बर्षेनी युवाहरु बिदेश पलाएन डर लाग्दो अवस्थामा रहेको भन्दै सरकारले स्व रोजगार उत्पादन मुलक योजनाहरुमा युवाहरुलाई समेटिने पनि बताए।

यसै गरी गुरुङ ब्युटी पार्लरका प्रोपाइटर चिनु गुरुङले युथ कम्युनिटि क्लव बिल्कुलै फरक अनि नयाँ सोचले अघी बढेको भन्दै सफलताको सुभकामना दिए । युथ कम्युनिटि क्लबमा अधिकाश आवद्द व्यवसायीहरु खरिद अनि बिक्रीमा सिमित रहेको हुदाँ उत्पादित बस्तुहरुमा समेत जोड दिनु पर्नेमा उनले  बताए। क्लवले अब सीपमुलक तालिमहरु पनि सञ्चालन गर्नु पर्ने उनले सुनाए ।

अध्यक्ष पुर्ण श्रेष्ठले अध्यक्षको प्रतिवेदन, सचिव कृष्ण प्रसाद दाहालले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष सञ्चिव पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित गरिएको थियो ।

अध्यक्ष श्रेष्ठले ०७५/०७६ को प्रतिवेदन प्रस्तुत गर्दै दैनिक सयौको सङ्ख्यामा युवाहरु बिदेश पलाएन समस्यालाई केही हदमा भएपनी समाधन गरी नेपालमै रोजगार र स्व रोजगारको स्रिर्जना गरी व्यवसाय गर्न जागरुक, उत्पेरित गरी युवाहरुको समस्यालाई समाधान गर्नका लागी क्ल्वले पहल गर्ने योजना बनाएको बताए। उनले क्लवमा २० देखी ४५ उमेर समुहका व्यवसायीक व्यक्तिले मात्र सदस्यता लिन पाउने पनि बताए। क्लवले सद्स्यहरुको लागी बिभिन्न समयमा व्यव्सायीक सेमिनारहरुको पनि आयोजना गरेको प्रतिवेदन मार्फत सुनाएका छन।

उनले सदस्यहरुमा आईपर्ने बिभिन्न समस्याहरुको समाधानको लागी बिपत व्यवस्थापन कोष र व्यापार प्रवदनको लागी सहुलियत परिचय पत्रको व्यवस्था पनि गरेको बताए। यसै गरी क्लबले एकल रुपमा सम्भव नभएको ठुलो लगानीको व्यवसाय योजना बनाई सामुहिक रुपमा सञ्चालन गर्ने पनि उनले बताए।

०७५/०७६ को प्रगति प्रतिवेदन प्रस्तुत सचिव दाहालले स्थापना देखी हाल सम्म क्लवको पाचँ बैठक बसेको बताए। यी बैठकमा सस्थाको जिल्ला प्रशाशन कार्यालयमा दर्ता,राजस्व कार्यलयमा दर्ता,समाज कल्यानमा दर्ता र युवा व्यवसायीहरु बीच परामर्श तालिम, सद्स्यता शुल्क निर्धारण सम्मको निर्णय गरिएको बताए। स्थापना देखी हाल सम्म बिभिन्न पेशा व्यवसाय गर्दै आइरहेका ६४ युवा व्यवसायीहरु आवद्द भईसकेको रआगामी बर्ष भित्रमा सदस्यता सङ्ख्या २०० पुर्याउने लक्ष्य रहेको बताए।

कोषाध्यक्ष सञ्चिव पौडेलले स्थापना काल देखी हाल सम्म सदस्यता शुल्क सहयोग, कार्यक्रम सहयोग प्रायोजन गरी जम्मा दुई लाख उन्चालिस हजार तीन सय एक चालिस रुपैया आम्दानी रहेको र बाउन्न हजार पाचसय उननअसी रुपैया खर्च भएको र सस्थाले एकलाख छेयासी हजार सातसय बैसठी रुपैया बचत गर्न सफल भएको भन्दै आगामी दिनमा पनि यसरी नै बचत गर्न सफल हुने आशा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार